मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ६ बुधबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘लालपुर्जा भएका घरमा समेत महानगरले ‘डाेजर आतंक’ मच्यायाे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ६ बुधबार १७:३०:००

धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले जग्गाको लालपुर्जा हुँदासमेत ज्यादती गरेको बताएका छन्।

बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरकाे जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै डोजर चलाएको हो।

करिडोरका घरधनीहरूले भने महानगरले शक्तिको आडमा लालपुर्जा भएको घरसमेत डाेजर आतंक मच्याएकाे आराेप लगाएका छन्। करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए। 

उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गाभित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको बताए। उनले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिए। 

आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दाभन्दै पनि महानगरले बल प्रयोग गरेको बताए। उनले महानगरले कुनै जानकारीविना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताए। 

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दासमेत नमानेको भन्दै बुधबार डोजर प्रयोग गरी संरचना भत्काउन सुरु गरेको छ।