१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ४ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार १४:oo:oo

एमाले महासचिव शंकर पोखरेलले सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नगरपालिका संघको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देशमा स्थिरता कायम गर्नका लागि असन्तुष्ट सहरिया मध्यम वर्गलाई सन्तुष्ट पार्नुपर्नेमा पोखरेलले जोड दिए। सहरिया मध्यम वर्गमा विचलन देखापरेको तर्क गर्दै उनले हरेक चुनावमा नयाँनयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने जिकिर गरे।

‘आज हामी जुन प्रकारको अस्थिरताबाट गुज्रँदै छौँ, त्यसले भीषण सांस्कृतिक विचलन पैदा गरेको छ। सहरिया मध्यम वर्गमा सांस्कृतिक अतिवादतर्फ एउटा, सांस्कृतिक स्वच्छन्दतातर्फ अर्को जमात तयार हुँदै छ। दुवै चिजहरू समाजको स्थायित्व, शान्ति र विकासका लागि साधक होइन। आज सहरिया मध्यम वर्गभित्र जुन प्रकारको विचलन देखा परेको छ, त्यो परिवर्तन होइन, विचलन हो,’ उनले भने।

नेपाललाई अस्थिरताको भुमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध हुने गरेको उनको बुझाइ छ। कहीँ पनि प्रदेशविनाको शासन नभएको भन्दै उनले नेपालको तीन तहको संघीय ढाँचा संघीयताको विशिष्ट मोडेल रहेको दाबी गरे। काठमाडौं केन्द्रित प्रशासनिक मानसिकता नै संघीयता कार्यान्वयनको समस्या भएको उनको तर्क छ।

ad
ad
ad
ad