१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अरुण क्षेत्री, अभिनेता 
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मह जोडीसँग अभिनय सिक्न पाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१५:oo

सानैदेखि सिनेमामा अभिनय गर्ने सपना थियो । मेरी आमा पनि सिनेमा लभर हुनुहुन्छ । आमाले फिल्म देखाउन लैजानुहुन्थ्यो । यसकारण सानैदेखि सिनेमाको लत बस्यो । त्यसैले कान्तिपुर फिल्म एकेडेमीबाट अभिनय अध्ययन गरेँ । त्यसपछि केही म्युजिक भिडियो र वेब सिरिजमा काम गरेँ ।

तर, मैले सिनेमामा डेब्यु गर्न पाएको थिइनँ । मैले डेब्युमै ‘महापुरुष’जस्तो सिनेमामा काम गर्न पाएँ । यो सिनेमामा मेरो ‘च्यालेन्जिङ’ क्यारेक्टर थियो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्लजस्ता दिग्गज कलाकाहरूसँग काम गर्न पाएँ । उहाँहरूसँग काम गर्दा मैले जीवनलाई अझ नजिकबाट नियाल्न सिकेँ ।

उहाँहरू कलाकारितामा मिहिनेत र इमानदारिताको पर्याय हुनुहुन्छ । उहाँहरूबाट अनुशासन पनि सिकेँ । सिनेमामा उहाँहरूको ठूलो योगदान छ । उहाँहरूसँग काम गर्दा नयाँ ऊर्जा आउँछ । दुई महिना सँगै काम गर्दा कहिल्यै मुड अफ भएन । 

ad
ad