मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २ शनिबार १२:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जमानतमा छुटे नेहा र निहारिका

Read Time : > 1 मिनेट
२०७९ पौष २ शनिबार १२:२५:००

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै बिहीबार साँझ पक्राउ परेका नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले जमानतमा छाडेको छ। अब उप्रान्त यस्ता कार्य नगर्ने शर्तमा औरही नगरपालिका १ का वडाध्यक्ष जोगी चौधरीको जमानतमा शुक्रबार अपराह्न उनीहरुलाई प्रहरीले कागज गराएर छाडेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले पछि कुनै उजुरी परे कानुनअनुसार हुने गरी तत्काललाई उनीहरुलाई कागज गराई छाडिएको बताए। नेहा र निहारिकाको बचावमा निवर्तमान र नवनिर्वाचित प्रदेश सांसदहरु जिल्ला प्रहरी कार्यालयमा आई एसपी पंगेनीसंग छलफल गरेपछि उनीहरुलाई जमानतमा छाडिएको हो।

नेहा चौधरीको दाइजो र घरेलु हिंसालगायतको मुद्दामा उनका श्रीमान् पंकज चौधरीलाई नियन्त्रणमा लिई म्यादसमेत थप गरिसकेको अवस्थामा नेहाले मुद्दामा नाम दिएको सवै आरोपी पक्राउ पर्नुपर्ने भन्दै मंगलवार साँझदेखि नै रामगोपालपुरमा आन्दोनल, धर्ना थालेकी थिइन्। सो आन्दोलनमा विद्यार्थी र स्थानीयसमेतको समर्थन जुटदै गएपछि आन्दोलन अनियन्त्रित भएको थियो।

आन्दोलनकारीले रामगोपालपुर नगरपालिकामा तोडफोड गरेपछि नगरपालिकाले प्रहरी गुहारेको थियो। प्रहरीले आन्दोलनकारीहरुमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेका थिए। यता आन्दोलनको नेतृत्व गरिरहेका नेहा र निहारिकालाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलन मत्थर भएको थियो।

पंकजलाई छुटाउन फरार आरोपितले उच्च अदालतमा मुद्दा हाले
यता प्रहरीले नेहाको जाहेरीको आधारमा फरार भनेर खोजिरहेका पंकजका बुवा राम प्रवेश चौधरीले उच्च अदालत जनकपुरमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेका छन्। उनले आफ्नो छोरालाई बिना कारण पक्राउ गरेको भन्दै मुद्दा हालेका हुन्।

नेहाले मंगलबार राति नै धर्ना दिइरहँदा प्रहरीले पंकजबाहेक परिवारका अन्य सदस्यहरुलाई पक्राउ गरेन। परिवारका अन्य सदस्यहरु सोहि रात घरमा ताल्चा मारी फरार भएका थिए। फरार रहेकै बेला राम प्रवेशले उच्च अदालतमा हालेको मुद्दा मान्य हुने वा नहुने भन्नेमा दुई मत छ। नेहाका अधिवक्ता रिंकु यादवले कुनै पनि फरार अभियुक्तले अदालतमा उपस्थित भएर आफु फरार रहेको कुरा लुकाई मुद्दा हाल्न नमिल्ने बताइन। उनले आइतबार नेहाको तर्फबाट उच्च अदालतमा निवेदन पर्ने र तत्काल पंकजका बुवालाई पक्राउ गर्न आग्रह गर्ने बताइन्।

यता पंकजका बुवाले दिएको मुद्दामा तत्काल सुनुवाइ भएकोमा अदालतले म्याद तामेलीको लागि जिल्ला प्रहरी कार्यालयलाई तीन दिनभित्र अदालतमा पंकज पक्राउको कारणसहित उपस्थित हुन आदेश दिएको छ। प्रहरीले पत्र बुझेको तीन दिनभित्र पंकजलाई उच्च अदालतमा पेश गर्नुपर्ने छ।