मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १ शुक्रबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्नै सकिँदैन : महासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १५:३६:oo

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको वेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाईइ छ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व राजनीतिक दलहरूले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे। राजनीतिक दलहरूभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र गठबन्धनभित्र कहीँ कतै पनि नउठेको उनले पटकपटक दोहोर्‍याए।

‘न्युट्रल भनेको, निर्दल भनेको, दलीय राजनीतिभन्दा बाहिर भनेको निर्दलीय कन्सेप्ट हो। कि निर्दलीय कन्सेप्ट ठीक थियो भन्नुपर्‍याे। भन्दा बहुदलीय प्रणाली भन्ने अनि अभ्यासचाहिँ निर्दलीय प्रणालीबाट गर्न थालियो भने हाम्रो अभ्यास कतातिर विचलित हुन्छ ठेगाना हुँदैन। मुलुक राष्ट्रियताको दृष्टिकोणबाट संकटमा छ। यो संकट मोचन गर्नका लागि दलका नेताहरूको विकल्प खोज्नुहुँदैन,’ महासचिव गुरुङले भने।


यो व्यवस्थाको प्रस्तावक रहेकाले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष प्रचण्डको दाबी रहेको उनले बताए। माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले प्रचण्डको नेतृत्वमा सरकार हुनु स्वाभाविक हुने गुरुङको दाबी छ।