मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर २९ बिहीबार o६:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फ्रान्स विश्वकपको फाइनलमा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार o६:o६:oo

साबिक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्‍याे भने खेलको दोस्रो हाफमा एक गोल थप्यो ।  

फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले एक–एक गोल गरे । हर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।    

त्यस्तै, खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनी बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।    

फ्रान्स क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।  

फ्रान्सले अब विश्वकप उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ । हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।