Skip This
सेन्ट्रल फाइनान्सको वीरगन्जमा नयाँ शाखा सञ्चालन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २८ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २८ बुधबार १७:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्सको वीरगन्जमा नयाँ शाखा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २८ बुधबार १७:३८:oo

सेन्ट्रल फाइनान्स लिमिटेडले पर्साको वीरगन्ज- ८, लिंकरोडमा आज (बुधबार)बाट सञ्चालनमा ल्याएको छ। संस्थाको १७औँ शाखाको रूपमा उक्त शाखा सञ्चालनमा आएको हो। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा विगत २५ वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको छ।
 
यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयसहित काठमाडौंका चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड गरी १६ वटा शाखा तथा भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्। 

संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङको विराटनगर र रौतहटको चन्द्रनिगाहपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउने जनाएको छ। संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटिएम डेबिट कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आास्वालगायतका आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।