१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चितवन र हेटौँडाका अटो व्यवसायी विरोधमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४९:oo

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले घोषणा गरेको आन्दोलनमा चितवन र हेटौँडाका अटो व्यवसायीहरूले पनि साथ दिएका छन् । नाडाका संस्थापक सदस्यहरू चितवन अटोमोबाइल एसोसिएसन र हेटौँडा अटोमोबाइल एसोसिएसन राष्ट्र बैंकले लिएको नीतिविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

चितवनका अटो व्यवसायी प्लेकार्ड तथा ब्यानर बोकेर नारायणगढको लायन्स चोक र हेटौँडाका अटो व्यापारी बुद्धचोकमा शान्तिपूर्ण धर्नामा उत्रिएका हुन् । सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसाय नै धराशायी हुन पुगेको उनीहरूको आरोप छ ।

धर्नामा उत्रिएका व्यवसायीहरूले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, ब्याजदरमा विशेष सहुलियतको व्यवस्था, सवारी कर्जामा ५० प्रतिशतको क्याप हटाउनुपर्नेलगायत माग राखेका थिए । 

अटो व्यवसायीको धर्ना कार्यक्रममा चितवन उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो । यसअघि नै मोरङ र जनकपुरका अटोमोबाइल व्यवसायीहरू सवारीसाधन बिक्री हुने वातावरण बनाउन माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए ।

ad
ad