१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश सभा अपांगमैत्री बनाउन महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४३:oo

राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले प्रदेश सभा अपांगमैत्री बनाउन माग गरेको छ। महासंघले मंगलबार प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश सभालाई अपांगमैत्री बनाउन माग गरेको हो।

महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका (ह्विलचियर प्रयोगकर्ता) सदस्यलाई सहज हुने गरी प्रदेश सभा निर्माण हुनुपर्ने माग गरेका थिए। अध्यक्ष खड्काले मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट बागमती प्रदेश सभा सदस्यमा ह्विलचियर प्रयोगकर्ता (स्पाइनल कर्ड इन्जुरी) निर्वाचित भएकाले सोहीअनुसारको भौतिक संरचना निर्माण हुनुपर्ने बताएका थिए।

‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपांगता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ,’ महासंघको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै सचिव खड्काले नयाँ बन्ने प्रदेश सभा बैठकको निर्माण कार्य चलिरहेकाले उक्त भवनलाई अपांगमैत्री बनाउन तत्काल पहल थाल्ने बताए। यस्तै, सचिव खड्काले पुरानो भवनको समेत मर्मत कार्य चलिरहेकाले आवश्यकताअनुसार अपांगमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी घिमिरे निर्वाचित भएकी छिन्। उनी शारीरिक अपांगता भएकी ह्विलचियर प्रयोगकर्ता (स्पाइनल कर्ड इन्जुरी) रहेकाले उनको सहजताका लागि महासंघले प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराएको हो।

ad
ad