मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार

अन्तर्घात गर्नेको विवरण माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २१:१५:००

कांग्रेस जिल्ला समिति काभ्रेले निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ । कांग्रेस काभ्रे सभापति तीर्थ लामाले ४ मंसिरको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूको विवरण पठाउन निर्देशन दिएका हुन् । 

अन्तर्घात गर्नेको विवरण कार्यसमितिबाट निर्णय गरी १ पुसभित्र जिल्ला अनुशासन समितिमा पठाउन प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा कार्यसमितिलाई निर्देशन दिएको छ ।

काभ्रे २ को नतिजा सार्वजनिक भएलगत्तै कांग्रेस उम्मेदवार शिव हुमागाईंले पार्टीभित्रको असहयोग र अन्तर्घातकै कारण आफूले पराजय व्यहोर्नुपरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

स्थानीय तहको नतिजासमेतका आधारमा कांग्रेसले हुमागाईंलाई जित्ने सूचीमा राखेको थियो । हुमागाईं पाँच हजार आठ सय ६३ को मतान्तरले एमालेका गोकुल बाँस्कोटासँग पराजित भए । 

त्यस्तै, काभ्रे १(ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका तीर्थ लामासमेत तीन मतान्तरले निर्वाचित भएका थिए । यससँगै कांग्रेस काभ्रेले पार्टीबाटै निर्वाचनमा घात भएको निष्कर्षसहित विवरण माग गरेको हो ।