१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५१:oo

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले राज्यको मेरुदण्डका रूपमा रहेका उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । अब बन्ने सरकारले नेपालका उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधानका लागि गम्भरीतापूर्वक लिएको उनको भनाइ थियो ।  नेपालका उद्योगी–व्यवसायीले व्यहोर्नुपरेको आर्थिक मन्दीको समस्यालाई सम्बोधन गर्न प्रधानमन्त्रीबाट समेत प्रतिबद्धता व्यक्त भएको उनले उल्लेख गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगको विकास आवश्यक रहेकोमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अबको समय आर्थिक विकासको समय भएको बताए । 

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको आयोजनामा सुरु भएको महोत्सवमा दुई सय ५० स्टल रहेका छन् । 

ad
ad