१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल मर्चेन्ट बैंकर्स संघमा श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५२:oo

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सन्राइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठ चयन भएका छन् । संघको १३औँ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकिङका मनीषनारायण जोशी निर्वाचित भएको जनाइएको छ । त्यस्तै, सदस्यहरूमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा चयन भएको संघले जनाएको छ ।

निवर्तमान अध्यक्ष एनआइबिएल एस क्यापिटलका मेखबहादुर थापा मानार्थ सदस्य रहेको उल्लेख छ । वार्षिक साधारणसभाले पेस भएका अन्य प्रस्तावउपर छलफल गरी सर्वसम्मतिका साथ पारित गरेको जनाइएको छ । 

ad
ad