१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार १५:०४:००

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्।

१९औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विदेशीहरूलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्। उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए।

नेता सिंहले नेवारहरूको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडि बढाउनुपर्ने उल्लेख गरे। उनले भने, ‘अब हामीले लामो कुरा गर्नेभन्दा पनि कामले गरेर देखाउनुपर्छ। समय परिवर्तनशील छ र परिवर्तित समयअनुसार हामीले आफ्नो समुदायलाई सुहाउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराइमा समयको मागबमोजिम सिक्नुपर्छ र त्यहीअनुसार अगाडि बढ्नुपर्छ।’