नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। निर्वाचनपछि पहिलोपटक कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ। बैठकमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा हुने बताइएको छ।