सनराइज फोकस्ड इक्विटी फन्डले पायो बोर्डबाट स्वीकृति

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फन्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । सनराइज बैंक लिमिटेडको प्रवर्द्धन तथा सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापन रहने योजनालाई बोर्डले गत सोमबार स्वीकृति दिएको हो।

प्रतिइकाइ मूल्य रु. १० पर्ने कुल १२ करोड इकाइ रहेको योजनाको आकार एक अर्ब २० करोड रुपैयाँबराबर रहेको कम्पनीले जनाएको छ। यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।

सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फन्ड तथा सनराइज ब्लु चिप फन्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको छ।
 

सुझावित समाचार