मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर २१ बुधबार १५:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडा कार्यालयद्वारा ५७ जनाको निःशुल्क स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर २१ बुधबार १५:२१:००

मन्थली नगरपालिका १ नम्बर वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। 

सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्‍याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। वडाका अधिकांश नागरिक आफैँले रकम तिरेर स्वास्थ्य बिमा गरे पनि आर्थिक अभाव कमजोर भएका ५७ जनाको वडा कार्यालयले सबै शुल्क तिरेर स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष होमप्रसाद पौडेलले बताए।

‘वडाभित्र रहेका सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगुन् भन्ने उद्देश्यले बिमा गर्न नसकेका नागरिकको पहिचान गरी वडा कार्यालयको बजेटबाट स्वास्थ्य बिमा गरिदिएका हौँ,’ उनले भने। आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेलले बताए।

आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको मन्थली नगरपालिका– १ का काले कामीले बताए।