मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Friday, 28 August, 2026
रासस तेहरान
२o७९ मङ्सिर २१ बुधबार १३:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

स्वयंसेवीको हत्या आरोपमा इरानमा पाँचजनालाई मृत्युदण्ड

Read Time : < 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार १३:२७:oo

इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ।

तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्धसरकारी समाचार समिति तस्निमले जनाएको छ। पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित ११ जना दोषीलाई जेल सजाय सुनाइएको छ।

अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधका लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएको छ। निर्णयहरू अझै अन्तिम नभएकाले दोषीहरूले पुनरावेदन खोज्न सक्ने उनले बताएका छन्।