मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Sunday, 13 July, 2025
२o७९ मङ्सिर २१ बुधबार १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनिर्वाचितहरूको शपथ बाँकी, काम गर्न ‘हतारो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार १२:३७:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको छ। निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ। यद्यपि, समानुपातिक सदस्य घोषणा हुन र सदस्यहरूले शपथग्रहण गर्न बाँकी नै छ। तर, प्रत्यक्ष निर्वाचित उम्मेदवारहरू भने काममा लागिसकेका छन्।

काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नवनिर्वाचित सदस्य सूर्यमान दोङ (लालध्वज)ले रासायनिक मल अभावको विषयमा कृषि सामग्री केन्द्रको अनुगमन गरेका छन्। किसानलाई तत्काल सहज रूपमा रासायनिक मल उपलब्ध गराउन केन्द्रका कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन्। कृषि सामग्री लिमिटेड धुलिखेल पुगेर उनले शाखा प्रबन्धक वासुदेव शर्मालाई किसानले बाली लगाउने वेलामा रासायनिक मल नपाएको गुनासो आएको भन्दै सहज रूपमा मल वितरणका लागि निर्देशन दिएका हुन्। 

‘मैले चुनावी अभियानको क्रममा नेताहरूले मल दिन सकेनन् भन्ने गुनासो सुनेँ। अहिले पनि मलाई कृषकले मलको व्यवस्थापन गर्नुपर्‍याे भनेर फोन गरिरहनुभएको छ,’ उनले भने, ‘गोदाममा मल स्टक नराख्नुहोला। प्रक्रिया मिलाउनुपर्ने छ भने मिलाएर कृषकको हातमा सहज रूपमा पुग्ने गरी अविलम्ब मल वितरण गर्नुस्।’

सांसद दोङले मलको प्रबन्धका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि आफू तयार रहेको बताए। ‘तपाईंहरूसँग हातमा हात मिलाएर आवश्यक मलको प्रबन्ध गर्न मैले कहाँ पुगेर के भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसका लागि म जतिवेला पनि तयार छु,’ उनले भने ।

मल अभावको विषयमा जानकारी गराउँदै शाखा प्रबन्धक शर्माले सरकारले समयमै ध्यान नदिँदा किसानले मल नपाएको बताए। गोदाममा स्टक देखिएको मल स्थानीय तहको कोटाअनुसार वितरण गर्ने उनको भनाइ थियो। पूर्वमन्त्रीसमेत रहेका दोङले भने कोटाको आधारमा नभई कृषकको आवश्यकताको आधारमा मल वितरण गर्न सुझाव दिए।