मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे २४ लाख खर्चमा चुनाव लडे रवीन्द्र मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १४:३२:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले साढे २४ लाख खर्चमा निर्वाचन लडेको बताएका छन्। मिश्रले निर्वाचन आयोगलाई बुझाएको आफ्नो निर्वाचन खर्च विवरण मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै साढे २४ लाख खर्च गरेर निर्वाचन लडेकाे बताएका हुन्। 

मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। सो क्रममा निर्वाचनमा २४ लाख ४९ हजार ६ सय सात रुपैयाँ खर्च भएको उनले बताएका छन्। ‘मलाई यो उल्लेख गर्दा खुसी लाग्छ कि सोही क्षेत्रबाट ०७४ सालको निर्वाचन लड्दा मैले रु. २१ लाख ५० हजार खर्च गरेको थिएँ,’ मिश्रले फेसबुकमा लेखेका छन्।

मिश्रले निर्वाचन लड्ने रकम सहयोग गर्न आफ्ना शुभेच्छुकहरूसँग सार्वजनिक अपिल गरेका थिए। शुभेच्छुकहरूबाट ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले आयोगको खर्चसीमा २५ लाखभन्दा बाँकी रकम ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’मा जाने स्पष्ट पारेका छन्।