मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १३:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

२१औँ वार्षिकोत्सवको अवसरमा मेटलाइफ नेपालद्वारा बिमा सचेतना ‘वाकाथन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १३:२७:oo

मेटलाइफ नेपालले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा बिमा सचेतना वाकाथनको आयोजना गरेको छ। शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सयभन्दा बढी कर्मचारी र बिमा अभिकर्ताले सहभागिता जनाएका थिए।

सुरक्षित भविष्यको विकासका लागि समाजमा बिमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीलाई सम्बोधन गरेका थिए। उनले भने, ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बिमाको दायरामा नआएकाले बिमाबारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ।’

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसलाई जीवन बिमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ। तीन सय १६ करोडभन्दा बढी दाबीहरू भुक्तानी गरेको र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको कम्पनीले जनाएको छ। 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बिमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौँ ग्राहकलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ। मेटलाइफ दिगो वृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसको बढ्दो सुरक्षा आवश्यकता पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ।’