मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ११:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकाली नदीको गतिविधिबारे एमालेको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ११:३२:००

नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदीमा भइरहेको पछिल्लो गतिविधिको विषयमा चासो राखेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सीमानदी महाकालीमा भारतीय पक्षले बनाउने संरचनाले नेपाललाई असर गर्ने भन्दै एकपक्षीय बनाउन नमिल्ने बताएका छन् ।

नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भएको गतिविधि रोकी तत्काल द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले  सरकारसँग आह्वान गरेका छन् ।