१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
लक्ष्मण खनाल
२०७५ मङ्सिर ६ बिहीबार १०:००:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएनए यूएईको वार्षीक भेलाको तयारी पुरा

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ मङ्सिर ६ बिहीबार १०:००:००

एनआरएनए यूएईले आफ्नो वार्षीक भेलाको तयारी पुरा भएको जनाएको छ । नोभम्बर २३मा दुबई स्थित काल्टन टावर होटलमा वार्षीक भेला हुने एनआरएनए यूएईका प्रबक्ता मनु क्षेत्रीले जानकारी दिए।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख आइजीपी सर्वेन्द्र खनाल प्रमुख अतिथी रहने छन् । खनाल हाल युएई भ्रमणमा छन् । उनी अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन गत शनिबार युएई आएका हुन् ।

भेलामा एनआरएनए आइसीसी उपाध्यक्ष कुमार पन्त, सचिव डीबी क्षेत्री, सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरी इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाली दुतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुँयाल लगयतको उपस्थिती रहने छ ।

#आइजीपी खनाल #एनआरएनए यूएई #वार्षीक भेला