१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमएडब्लू वृद्धिले ओएसएमसँग सहकार्य गर्ने : ओएसएमको तीनपांग्रे सवारी नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५४:oo

अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा थ्री ह्विलर इभीका दुई भेरियन्ट ल्याउन इभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम)सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय तीनपांग्र्रे कार्गो सवारीसाधन हो ।

यसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको छ । जबकि, ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपांग्रे यात्रुवाहक सवारीसाधन हो । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो ।

हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६ सय केजी छ भने गाडीको कुल वजन हजार किलो छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ । यति मात्र नभई, दुवै सवारीसाधनको न्यूनतम ग्राउन्ड क्लियरेन्स एक सय ७५ एमएम छ ।

रेजप्लस र स्ट्रिमका बारेमा टिप्पणी गर्दै एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने, ‘नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारीसाधन लिने विचार गरिरहेका उपभोक्ताको चाहना पूरा गर्नेछ ।’ 


हिमाली राज्यको विकासको सम्भावनाबारे बोल्दै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले भने, ‘नेपाल सरकारका सवारीसाधनले सिर्जना गर्ने वायु प्रदूषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको छ ।

संयोगवश, वायु प्रदूषणको समस्याले नेपाललाई यति धेरै सताएको छ कि नेपालको ६० प्रतिशत वायु प्रदूषणको उत्पत्ति यातायात क्षेत्रका कारण भएको छ । ओमेगा सेकी मोबिलिटी प्रदूषणविरुद्धको सरकारको लडाइँको एक हिस्सा बन्न चाहन्छ र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमा मात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउनेछ ।’ ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै चार घन्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपांग्रे मालवाहक (रेजप्लस) एक सय २० किमि र तीनपांग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमिको यात्रा गर्छन् ।

ad
ad