Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७९ मङ्सिर १८ आइतबार ०६:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७९ मङ्सिर १८ आइतबार ०६:०१:००

स्याङ्जा २ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरू विजयी भएका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार ६ सय २७ मतान्तरसहित विजयी भएका छन् । उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरे ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन् । यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।  

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन् । स्याङ्जा २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे। उनी एक हजार सात सय ८६ मतान्तरले विजयी हासिल गरे ।