१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Friday, 04 July, 2025
फाइल तस्बिर
२o७९ मङ्सिर १६ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खसेको १४७ मत नभेटिएपछि दोलखा (ख) मा गणना स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १४:oo:oo

दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा मतगणना स्थगित भएको छ। मतपेटिकामा खसेकोमध्ये एक सय ४७ मत नभेटिएपछि गणना स्थगित गरिएको हो।

अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ। उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ।

यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाउँदै एमालेले उजुरी गरेको थियो। निर्वाचन आयोगले आवश्यक अध्ययन गरी १० मतदान केन्द्रमा पुनः मतदान गराउन गरेको निर्णयअनुसार बिहीबार पुनः मतदान भएको हो।