मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर १५ बिहीबार २१:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर जिप दुर्घटना : चारको निधन, १० घाइते [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार २१:५o:oo

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौबादीको कान्छीपानीमा बिहीबार साँझ भएको जिप दुर्घटनामा चारजनाको निधन भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार कावासोतीबाट पहाड उक्लदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जिप धौबादीको कान्छीपानीनजिकै दुर्घटनामा परेको हो। 

जिप सडकबाट एक सय मिटर जति तल खसेको उपरीक्षक तिवारीले बताए। दुर्घटनामा बुलिङटार– ६ निवासी ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार ५ राइकोटनिवासी ६७ वर्षीय मनसुभा बराल, बौदीकाली २ डेढगाउँनिवासी केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको निधन भएको छ। 

तिवारीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेमध्ये आठजनालाई उपचारका लागि भरतपुर पठाइएको छ। जिप दुर्घटना हुँदा हामफालेर ज्यान बचाउने दुईजनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। 

दुर्घटनामा परी चालक दुर्गाबहादुर बिरकट्टा, २१ वर्षीया फूलमाया कुमाल, २४ वर्षीया सुनिता रानाभाट, ४ वर्षीय बालक निश्चल रानाभाट, सिजन दराई (बाल), १४ वर्षीय सुना सुनार, २० वर्षीय उत्तम क्षेत्री, खेमचन्द्र दराई, १८ वर्षीय धनजिप नेपाली र ३१ वर्षीय देवबहादुर नेपाली घाइते भएका छन्। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।