Skip This
अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : उपाध्यक्ष पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १३:५५:oo

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सव कार्यक्रममा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताए।

आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। उनले राजनीतिक स्थिरताका निम्ति धेरै आस गर्ने ठाउँ नरहेको दाबी गरे।

‘स्थिरता र अस्थिरता जनादेशमा भरपर्ने कुरा हो। यसपटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ,’ उनले भने।

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामको मूल्यांकन हुन जरुरी रहेको औँल्याए। ‘के उपलब्धि भए, के कमजोरी भए ? त्यसको मूल्यांकन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ। नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु हामी जिम्मा लिन्छौँ,’ उनले भने।

देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै पौडेलले मुलुकले भोगिरहेको अर्थ संकटको ‘केस वाइज’ विश्लेषण हुनुपर्नेमा जोड दिए।