Skip This
‘नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 27 July, 2024
रासस एजेन्सी
२o७९ मङ्सिर १५ बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक’

Read Time : < 1 मिनेट
रासस, एजेन्सी
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १२:४o:oo

संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलामा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकाले उनीहरूको अवस्था निकै नै नाजुक रहेको राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने बताएको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरूका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन्।

उनले यहाँका पाँच लाखभन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताए। उनीहरूका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरूसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए।

विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यस वर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण नागरिकहरू प्रभावित भएकाले उनीहरूलाई अहिले खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए।

सन् २०२२ को मे महिनादेखि नै ती क्षेत्रमा खाद्यान्न अभाव रहेको र यहाँका बालबालिकाले कुपोषणको समस्या झेल्दै आएका गुजारिकले बताए। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले केही रकमको व्यवस्था गरी हाललाई यहाँका १० हजार घरपरिवारलाई खाद्यान्नको जोहो गरिरहेको भए पनि यो पर्याप्त नरहेकाले थप सहयोग आवश्यक रहेको बताइएको छ।