१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इजरायलको नाकाबन्दीका कारण गाजामा खाद्यसंकट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o९:oo

 इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्यसंकट आएको छ । गाजा क्षेत्रका कम्तीमा ५७ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको स्थितिमा पुगेको जनाइएको छ । सो क्षेत्रमा इजरायलले करिब १६ वर्षअघिदेखि नाकाबन्दी गरिरहेको छ । नाकाबन्दीका कारण गाजा क्षेत्रमा दिन–प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।

गाजाको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी एक परिषद्ले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसंख्या चरम गरिबीतर्फ धकेलिएको हो ।

सो परिषद्को प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक नाकाबन्दीकै कारण गरिबीको रेखामुनि पुगेको उल्लेख छ । गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीको बसोवास छ । इजरायलले सन् २००७ देखि नै यो क्षेत्रमा नाकाबन्दी गर्दै आएको छ । 
 

ad
ad