१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १३ मंगलबार १६:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यु–१९ क्रिकेट : बागमतीको लगातार चौथो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १६:२८:oo

कर्णाली प्रदेशमाथि सात विकेटको जित निकालेको बागमती प्रदेशले राजधानीमा जारी वाइवाइ यु– १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णालीले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको एक सय ३१ रनको लक्ष्य बागमतीले तीन विकेटको क्षतिमा पूरा गरेको हो। यससँगै बागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो। 

मध्यम लक्ष्य पछ्याएको बागमतीका लागि लुक्की कठायत र अशोक पौडेलले अर्धशतकीय पारी खेले। आठ चौका प्रहार गर्दा कठायत ५१ रनमा अविजित रहे। ६४ बलको सामना गरेका पौडेलले सात चौका र एक छक्का हिर्काए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक स्कोर गर्न सकेनन्। बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले। उनले ९२ बल खेल्दा नाै चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए। यस्तै अर्का ओपनर मनीष थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन्।

बलिङतर्फ ७.२ ओभर बलिङ गरेका सक्रिय कार्कीले दुई मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक पाँच विकेट निकाले। अहम्मद राजाले तीन विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोइरालाले एक–एक विकेट आफ्नो नाममा लेखाए।

जितसँगै बागमतीले चार खेलबाट आठ अंक जोडेको छ। कर्णालको समान चार खेलबाट दुई अंक मात्र छ। सुदूरपश्चिमसँग समान आठ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा छ।