१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पास भएनन् शिक्षक

निमावि तहमा गणित शिक्षक तीन सय ७१ माग गरेकामा तीन सय १४ मात्र उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५७:oo

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि गरेको विज्ञापनमा मागिएको कोटासमेत पूरा नहुने समस्या देखिएको छ । 

सोमबार प्रकाशित निम्नमाध्यमिक तहको गणित विषयको परीक्षामा समेत माग गरेका कोटाभन्दा कम शिक्षक उत्तीर्ण भएका छन् । निमावि तहमा गणित शिक्षक तीन सय ७१ जना माग गरेकामा तीन सय १४ मात्र उत्तीर्ण भएका हुन् । 

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाका अनुसार समावेशी समूहमा उत्तीर्ण हुनका लागि आवश्यक न्यूनतम अंकसमेत नआएका कारण कोटा खाली भएका छन् । सबै प्रदेशमा माग भएअनुसारका कोटा पूरा नभएको सूचना अधिकारी मरहट्ठाले बताए ।

प्रदेश १ मा परीक्षामा पाँच सय ७० जना सहभागी भएकामा ७० जना मात्र पास भएका छन् । त्यसैगरी, मधेस प्रदेशमा परीक्षामा एक सय ६९ जना सहभागी भएकामा ३१, बागमती प्रदेशमा ६ सय ३३ जना सहभागी भएकामा ७२, गण्डकीमा ६ सय ४५ जना सहभागी भएकामा ७६ उत्तीर्ण भएका छन् । 

त्यसैगरी, लुम्बिनीमा चार सय ८९ जना सहभागी भएकामा ४०, कर्णालीमा एक सय ४९ जना सहभागी भएकामा १२ र सुदूरपश्चिममा दुई सय २० जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन् । अन्य विषयमा समेत मागभन्दा कम उत्तीर्ण भएको मरहट्ठाले बताए । 

पटक–पटक मागजति उत्तीर्ण नहुनु गम्भीर विषय रहेको आयोगका पदाधिकारीको भनाइ छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति गुणस्तर नहुनु, विषयवस्तुको ज्ञानको कमी र तयारीविना परीक्षामा सहभागी हुनाले पनि मागेको संख्याजति उत्तीर्ण नहुने गरेको आशंका भएको मरहट्ठाको भनाइ छ ।

ad
ad