मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Monday, 16 December, 2024
रासस काठमाडौं
२o७९ मङ्सिर १३ मंगलबार १५:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १५:११:oo

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक–आपसमा गाभिने भएका छन्। एक–आपसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता मंगलबार सम्पन्न भएको हो।

दुवै बैंकका सञ्चालक समितिको बैठकले एक–आपसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका छन्। दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुंगो लागेको हो।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एक–आपसमा गाभिनका लागि समयसीमा तोकेको छ। राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एक–आपसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहेका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो। दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयरबराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु. ३४.४३ अर्ब हुनेछ। मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ। संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।