Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गायनले यात्री बनाइदियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार १०:२८:००

मलाई पेसाले यात्री बनाइदियो । जीवनमा देश–विदेशका थुप्रै ठाउँ घुम्ने अवसर जुर्‍यो । कतिपय ठाउँमा दोहोर्‍याइतेहर्‍याई पुगेको छु । मेरो अनुभवमा हरेक यात्राले जीवनमा नयाँ कुरा सिकाउने रहेछ । यात्राले नयाँ सिर्जना पनि फुराउँछ । यात्राका क्रममा विभिन्न जात, धर्म र संस्कृतिका मानिस भेटेपछि मलाई महसुस भयो– जीवनलाई जटिल होइन, सरल बनाउनुपर्ने रहेछ । 

आफ्नो कर्म निरन्तर गर्नुपर्ने रहेछ । विदेशमा भौतिक रूपमा लोभलाग्दो विकास भएको छ । भौतिक विकासमा पछि परे पनि नेपाल प्राकृतिक रूपमा समृद्ध छ । मलाई सोलुखुम्बुको लुक्ला, पोखरा, धनकुटाको भेडेटारलगायत स्थान निकै मन पर्छ ।

सुदूरपश्चिमका केही क्षेत्र घुमेको छु, तर खप्तड पुग्न पाएको छैन । खप्तडका फोटो र भिडियो हेर्दा त्यहाँ पुगिहाल्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यहाँका ठूला–ठूला घाँसे मैदान, स–साना ढिस्का र जंगलले मन लोभ्याएको छ । अर्को, अहिलेसम्म रारा ताल पुग्ने अवसर मिलेको छैन । त्यहाँ पनि पुग्न मन छ ।