अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो । यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको सूचीमा दृश्यम पाँचौँ नम्बरमा पुगेको छ ।
ब्रम्हास्त्रले चार सय ३१ करोड, द कस्मिर फाइल्सले तीन सय ४१ करोड, भुलभुलैया २ ले दुई सय ६६ करोड र गंगुबाई काठियावान्डीले दुई सय ११ करोडको व्यापार गरेका थिए । अभिषेक पाठकको निर्देशनमा बनेको यस फिल्ममा अजयसँगै तब्बु, श्रेया शरण, अक्षय खन्ना र इशिता दत्ता मुख्य भूमिकामा छन् ।