Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०६:४०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:४०:००

घानाले रोमाञ्चक खेलमा दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै विश्वकपमा पहिलो जित निकालेको छ । एजुकेसन सिटी रंगशालामा प्राप्त जितसँगै घानाले समूह ‘एच’बाट प्रिक्वार्टरफाइनल सम्भावना जीवितै राखेको छ । यो खेलसँगै विश्वकपमा अफ्रिकन राष्ट्रले दोस्रो जित निकालेको छ । यसअघि मोरक्कोले पहिलो जित हात पारेको थियो । जितसँगै घानाले तीन अंक जोडेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो । दक्षिण कोरियाले दुईपटकको च्याम्पियन उरुग्वेसँग अंक बाँडेको थियो । 

सोमबार राति पहिलो हाफमा घानाले २–० को अग्रता बनाएको थियो । साउथह्याम्टनका डिफेन्डर मोहम्मद सलिसुले खेलको २४औँ मिनेटमा घानालाई अग्रता दिलाएका थिए । मोहम्मद कुदुसले खेलको ३४औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा घाना २–० ले अघि रह्यो । दोस्रो हाफको तीन मिनेटमा दक्षिण कोरियाले दुई गोल गर्र्दै घानामाथि दबाब राखेको थियो । सुन चोले खेलको ५८औँ मिनेटमा दक्षिण कोरियालाई २–१ को गोलअन्तरमा झारे ।

 दक्षिण कोरियन घरेलु लिगमा सर्वाधिक गोलकर्तासमेत रहेका चोले तीन मिनेटपछि हेडिङ गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । खेलको ६८औँ मिनेटमा कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानाको जित सुनिश्चित गरे । दश मिनेटको इन्जुरी समयमा दक्षिण कोरियाले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो । खेललगत्तै रेफ्रीसँग असन्तुष्टि जनाउन पुगेका कोरियाका प्रशिक्षक पाउलो बेन्टोले रातो कार्ड पाए । अब अन्तिम खेलमा कोरियाले पोर्चुगल र घानाले उरुग्वेसँग खेल्नेछ ।