आन्दोलन हिंसात्मक बनेपछि काठमाडौं महानगर पछि हटेको छ। सोमबार बिहान डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरका सुकुमबासी बस्तीमा झडप भएको थियो। महानगरको टोलीविरुद्ध बस्तीवासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए।
महानगर पछि हटेसँगै अहिले स्थिति सामान्य भएको छ। नेपाल प्रहरीसहित महानगरका प्रहरी पनि फर्किएका छन्। अवरुद्ध भएको बागमती करिडोर सुचारु भएको छ।
तस्बिर : दीपेन्द्र ढुंगाना / नयाँ पत्रिका