१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर १२ सोमबार १६:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १६:४५:oo

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीमा आफ्नो दाबेदारी रहेको बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै बानियाँले यस्तो बताएका हुन्।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा कांग्रेस ठूलो पार्टी बन्ने र प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरे। उनले कांग्रेस बागमती प्रदेशको सभापतिको हैसियतले संसदीय दलको नेता र प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताए।

‘निश्चित रूपमा कांग्रेस बागमती प्रदेशमा सबैभन्दा ठूलो दल बन्छ। अहिलेसम्म प्रत्यक्षमा २४ सिट जितिसकेको र बाँकी दुईमा समेत कांग्रेसले जित्ने सम्भावना छ। समानुपातिक सिटसहित कांग्रेस प्रदेशमा ठूलो दल हुन्छ। ठूलो दलको हैसियतले प्रदेशमा सरकारका लागि कांग्रेसले दाबी गर्नु स्वाभाविक हो,’ उनले भने।

प्रदेश सदस्य बानियाँले विगतमा प्रदेशमा सरकार फेरिने वेलामा भएको सहमतिअनुसार पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबेदारी रहेको बताए। ‘हिजोदेखिको राजनीतिक सहमतिको गठबन्धन आज पनि छ। त्यही गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदाको अवस्थामा म अहिले पनि कांग्रेसको सभापति, हिजो मुख्यमन्त्री बनाउने विषयमा गरेको सहमतिका कारण पनि मेरो स्वाभाविक दाबेदारी हो,’ उनले भने।

उनले बागमती प्रदेशमा कांग्रेसको संसदीय दलको नेताका लागि आफ्नो विकल्प नभएको दाबी गर्दै पार्टीभित्र सहमतिमै आफू संसदीय दलको नेता बन्ने बताए।