मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ११ आइतबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा समानुपातिकतर्फ एमाले पहिलो  

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार १९:३५:००

जिल्लामा समानुपातिकतर्फको मतगणना सकिँदा नेकपा एमाले पहिलो स्थानमा देखिएको छ। 

प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको कुल २६ हजार ५ सय ५४ मतमध्ये ८ हजार ६ सय ४३ मत ल्याएर एमाले पहिलो भएको छ भने ८ हजार ४ सय ४० मत प्राप्त गरी कांग्रेस दोस्रो भएको छ। यसैगरी, माओवादी केन्द्रले समानुपातिकमा ४ हजार ६ सय ५० मत प्राप्त गरेको छ।

मुगु प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि खसेको समानुपातिकतर्फको कुल १३ हजार ८ सय २५ मतमध्ये ३ हजार ७ सय ९ मत ल्याएर एमाले पहिलो भएको छ।
सोही क्षेत्रमा कांग्रेसले ३ हजार २ सय ७६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ३ हजार ५ सय ७९ मत प्राप्त गरेको छ। 

प्रदेश सभा  क्षेत्र १ मा भने समानुपातिकतर्फ कांग्रेस पहिलो स्थानमा देखिएको छ। उक्त प्रदेशमा समानुपातिकतर्फ खसेका कुल १२ हजार ६ सय ९४ मतमध्ये कांग्रेसले ४ हजार ९ सय ९० र एमालेले ४ हजार ७ सय ६५ मत प्राप्त गरेको छ।

प्रदेश १ मा माओवादी केन्द्रले समानुपातिकतर्फ १ हजार १ सय ६२ मत ल्याएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ राप्रपाले ३ सय ६८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय १० मत ल्याएको छ।