मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Sunday, 13 July, 2025
२o७९ मङ्सिर १० शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झलनाथको प्रश्न- २६६ मत कहाँबाट आयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १८:१२:oo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खनालले जारी मतगणनामा धाँधली भएको आरोप लगाएका हुन्। 

मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको बताए। शनिबार फिक्कलस्थित निवासमा पत्रकार सम्मेलन गर्दै खनालले गणनाका क्रममा गणनाको क्रममा सुरुमा ४३७ मत गायब भएको बताए।

त्यसपछि गठबन्धनले आपत्ति जनाएकाले दुई दिन गणना स्थगित भएको थियो। मतगणना गर्ने तर सममजवादीले औपचारिक सहमति नजाउने सहमति भएको थियो। 

शनिबार गणनाका क्रममा मुचुल्कामा भन्दा २६६ मत बढी भेटिएको खनालले बताए। ‘६ वटा ठाउँका मतपेटिकाहरू गन्दा मतदान केन्द्रमा भएको मुचुल्काअनुसार कुल खसेको मत २४२४  देखिन्छ। तर, मतपेटिकाभित्रबाट २६९० मत पत्र निस्किए, जसमध्ये २६६ मत बढी देखिन्छ,' उनले भने, ‘यी २६६ मतहरू मुचुल्का गरेर सबैले सही गरेको कागजको तथ्यभन्दा फरक मतहरू कहाँबाट बाकसमा पस्यो, यो अनियमितता हैन भने के हो?’ 

उनले एक ठाउँको मत हराउनु र अर्को ठाउँमा भेटिनु आश्चर्यजनको भएको बताए । ‘माईमा हराएको मत माईजोगमाईको मतपेटिकामा कसरी भेटियो ? सुरुङमार्ग त खोलेको थिएन होला?’ खनालले भने। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन गरेर बुझ्दा उचित जवाफ नपाएको बताए। मतगणना प्रक्रियामा भएको अनियमितताले लोकतान्त्रिक विधि र पद्धतिलाई नै कमजोर बनाउने बताए । उनले गणना स्थगित गरी पुनः मतदान हुनुपर्ने माग राखेका हुन्। 

‘मतगणना प्रक्रिया जसरी अघि बढाउन खाेजिँदैछ । यसले जवरजस्ती र मनोमानीलाई बढवा दिन्छ । यो प्रक्रियाबाट आउने परिणामले इलामेली जनताको मानमर्दन हुन्छ,’ उनले भने, ‘त्यसो हुनले यो मतगणना रोकियोस् र पुन ? मतदानको प्रक्रियातिर अघि बढाइयोस् भनी माग गर्दछु।’ इलाम२ मा जारी मतगणनामा एमालेका महेश बस्नेतले खनाललाई सुरुदेखि नै पछि पारेका छन्।