१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर १० शनिबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार ११:३५:oo

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घिरिङ गाउँपालिका– १ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

शनिबार घिरिङ गाउँपालिका– १ जगौलिटारस्थित कच्ची सडक खण्डमा बनटारबाट पुटारतर्फ आउँदै गरेको लु ३९ प ५०९७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार मोटरसाइकल सडकदेखि ५० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा सेतीगंगा अस्पताल बेलचौतारामा मृत्यु भएको जनाइएको छ। अन्य दुईजना खुमबहादुर राना र रामबहादुर कुमाल भने सामान्य घाइते भएका खड्काले जानकारी दिए। मोटरसाइकलमा तीनजना सवार भएकाले पनि अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।