मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १० शनिबार ००:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाले प्रत्यक्षमा थप्यो अर्को सांसद, चितवन ३ बाट विक्रम पाण्डे विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार ००:१९:००

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् । 

३४ हजार ३६२ मतसहित पाण्डे निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीलाई पराजित गरे । 

निकटताम प्रतिस्पर्धी डा. अधिकारीले २४ हजार ६७१ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले १४ हजार ७७९ तथा एमालेले समर्थन जनाएका कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत प्राप्त गरे । 

पाण्डे ०७४ मा यही क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । यसपटक सुरुमा यही क्षेत्रबाट उम्मेदवारी दिने चर्चा रहे पनि प्रचण्डले पछि गोरखाबाट उम्मेदवारी दिए । 

कांग्रेसले गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादीका उम्मेदवार डा. अधिकारीलाई अघि बढाएपछि कांग्रेस नेता कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाटै एमालेको उम्मेदवारी फिर्ता गराई कोइरालालाई समर्थन जनाएका थिए ।