मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ९ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्घात गरेको भन्दै जिल्ला सभापतिलाई कारबाही गर्न सोलुखुम्बु कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १५:५९:oo

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालगायतलाई कारबाहीको माग राखेको छ। निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै जिल्ला कार्यसमितिले नाम्गेल जाङ्बुसहित केन्द्रीय सदस्य आङगेलु शेर्पा र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पालाई कारबाहीको माग राखेको हो।

एउटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी एमालेका मानवीर राईसँग पराजित भएका छन्। अन्तर्घात र असहयोगका कारण केसी पराजित भएका पदाधिकारी एवं शुभेच्छुक संस्थाका प्रमुखको संयुक्त बैठकले निश्कर्ष निकालेको छ।

जिल्ला सचिवद्वय युवराज घिमिरे र भलाकाजी राईले हस्ताक्षर गरेको विज्ञप्तीमा अब नाम्गेल जाङ्बु शेर्पालाई जिल्ला सभापति मान्न नसकिने उल्लेख गरिएको छ।

‘आफ्नै पार्टीका नेतृत्वहरुबाटै अन्तरघात भएको स्पष्ट देखिएकाले केन्द्रीय कार्यसमितिबाट कारबाहीको माग गर्दै आजबाट नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सभापतिलाई सभापति मानेर अगाडि जान नसकिने कुरा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष स्पष्ट पार्दछौं,’ विज्ञप्तीमा भनिएको छ।