१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भण्डारीलाई बधाई दिँदै ज्ञवालीले भने– फुटबल चलिरहेको छ, २/२ गोल भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १४:o३:oo

गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भए। आधिकारिक रुपमा घोषणा नभएपनि उनले प्रतिस्पर्धी भण्डारीलाई बधाइ दिएका छन्।

ज्ञवालीले मतगणना स्थल पुगेर गठबन्धनका उम्मेदवार भण्डारीलाई खादा ओढाएर बधाई दिएका हुन्। सो क्रममा ज्ञवालीले बराबर गोल भएको भन्दै निर्वाचन परिणामलाई सहजरुपमा लिएको आशय व्यक्त गरे। ‘फुटबल चलिरहेको छ। दुई–दुई गोल भयो,’ उनले भने।

भण्डारी एक हजार ५९२ मतान्तरले विजयी भएका हुन्। उनले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे। ज्ञवालीको यो पाँचौ प्रतिस्पर्धा हो। ज्ञवाली ०५६, ०६४ र ०७४ मा निर्वाचित भए। ज्ञवाली र भण्डारीबिच भने यो चौथो प्रतिस्पर्धा हो।

०६४ देखिको प्रतिस्पर्धामा भण्डारीले ०७० र ०७९ मा विजय प्राप्त गरेका थिए भने ज्ञवालीले ०६४ र ०७४ मा जित निकालेका थिए। यस क्षेत्रमा एक लाख १९ हजार २८८ मतदाता रहेकामा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए।