१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार o६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वतन्त्र पार्टीको उदयबाट कोही आत्तिनुपर्दैन : लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o६:१७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको उदयले कोही पनि आत्तिनुपर्ने नभएको बताएका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि भरतपुरमा बिहीबार आयोजित धन्यवाद सभामा उनले जनताले दिएको अवसर दुरुपयोग नगर्न ठूला दललाई आग्रह गरे । ‘सम्मानपूर्वक हैसियतमा रहेर सहकार्य गर्न तयार छौँ । हाम्रो आगमनलाई लिएर कोही पनि आत्तिनुपर्दैन,’ उनले भने । 

जनताले यसपटक फेरि पुराना दललाई अवसर दिएको भन्दै जनताबाट प्राप्त शक्ति आफ्नो अघिल्ला वर्षमा जस्तै नेपाली जनतालाई छल्ने, भ्रष्टाचारमा फस्ने, मुलुकलाई फसाउने, कार्यकर्ता पोस्ने, आफ्ना लागि मात्र सोच्ने काम भयो भने यो घन्टीको आवाज सुन्न नसक्ने गरी बज्नेसमेत उनले चेतावनी दिए । दलहरू नसुध्रिए अबको पाँच वर्षपछि देशभर घन्टी मात्रै बज्ने उनको दाबी थियो ।

‘यसपटक पनि जनताले पुराना दललाई जिताएका छन् । जनताले दिएको अवसर दुरुपयोग नगर्नुहोला । हामी घन्टी लिएर निस्किएका छौँ । तपाईंहरू नसुध्रिए पाँच वर्षपछि यस्तो घन्टी बज्नेछ, तपाईंहरूको कानले सुन्न सक्नेछैन,’ उनले भने ।