
सिरहा ३ (२) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका संजयप्रकाश यादवले आठ हजार १४ मत ल्याएका छन् ।
०७४ को निर्वाचनमा कांग्रेसका सुभाषचन्द्र यादवलाई पराजित गर्दै ११ हजार नौ सय ५४ मतसहित प्रदेशसभामा निर्वाचित प्रमोद मधेश प्रदेश सरकारमा वर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीसमेत हुन् ।