१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Saturday, 05 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा जैद राजाले जाेगाए एमालेको ‘साख’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १८:o४:oo

रौतहटका सबै क्षेत्रमा नेकपा एमालेले संघ तथा प्रदेशमा सिट गुमाएको वेला रौतहट क्षेत्र नं २ को (क)प्रदेश सभा सदस्यमा भने जैद राजाले फराकिलो जित हात पारेका छन्।

रौतहट क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार जैद आलम भारी मतका साथ निर्वाचित भएका छन्। २५ वर्षीय जैद आलम यसअघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए।

राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका जैद अहिले प्रदेश सभा सदस्यका लागि निर्वाचित भएका हुन्। जैदले १३ हजार ५ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरे। 

६ हजार ६ सय ६० मतान्तरले विजयी भएका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन्। जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको समृद्धि र आमूल परिवर्तनका लागि काम गर्ने बताए। 

‘यस क्षेत्रमा विकासका धेरै काम गर्नुपर्नेछ। विकासको मामलामा यो क्षेत्र धेरै पछाडि छ, जैदले भने, युवा जोसका साथ राजनीतिमा आएको छु। बुवाका धेरै सपना थिए, यस क्षेत्रका लागि जुन म पूरा गर्न आजैदेखि लाग्छु,’ उनले भने। उनी रौतहटमा विजयी हुनेहरूमा सबैभन्दा कान्छा हुन्।