मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ मङ्सिर ८ बिहीबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदातासमक्ष राखेको प्रतिबद्धता पूरा गरेपछि मात्रै विजय र्‍याली : तोसिमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १४:४४:००

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन्। 

ललितपुर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा उनले आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन्। 

उनले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताइन्। उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धता पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन्।
 
कार्कीले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध गरिन्। उनले भनिन्, ‘म मेरो पाँच वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उँभिने छु। र जनमुखी मुद्दाहरुमा बुलन्द रहने छु। विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु। त्यो दिन हामी विजय मनाउनेछौँ।’ 

उनले संसदभित्र आफ्नो भूमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने बताइन्। सांसद कस्तो हुनुपर्छ र संसद भवनमा बहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भूमिका रहने उनले बताइन्।