मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ मङ्सिर ८ बिहीबार १४:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा ३ (क)मा एमालेका सिंह निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १४:१५:००

सिरहाको प्रदेश सभा ३ (क)मा नेकपा एमालेका मनोजकुमार सिंह करिब तीन हजार मतान्तरले निर्वाचित भएका छन्। मत गणनाको अन्तिम परिणामअनुसार एमालेका सिंह १५ हजार आठ सय ८६ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गर्दा जनमत पार्टीका दुश्यन्तकुमार कर्ण चार हजार सात सय ९३ मतसहित तेस्रो स्थानमा रहे। प्रदेश सभामा निर्वाचित सिंहले गत २३ असोजमा जसपा परित्याग गरी एमालेबाट उम्मेदवारी दिएका थिए।

कुल ५२ हजार ७१४ मतदाता रहेको यस क्षेत्रमा ३६ हजार दुई सय सात मत खसेको थियो। त्यसमध्ये एक हजार दुई सय ६७ मत बदर भएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए।