मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Tuesday, 15 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर १ (क)मा माओवादीका छिन्तु विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १२:o६:oo

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ (क)मा  सत्तागठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी भएका छन्। १९ हजार ७१९ मतका साथ उनी विजयी भएका हुन्।

पुलामीले नेकपा एमालेका कमल विष्टलाई ४ हजार २८७ मत अन्तरले पारजित गरेका हुन्। विष्टले १५ हजार ४३३ मत प्राप्त गर्दा तेस्रो भएका राप्रपाका उम्मेदवार सागर थापाले ७ हजार ७०२ मत प्राप्त गरे।

पुलामी यसअघि २०७४ मा पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्य चुनिएका थिए। एमालेसँगको गठबन्धबाट विजयी भएका उनले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई पराजित गरेका थिए। यस्तै पुलामी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमासमेत निर्वाचित भएका थिए।