कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नौ हजार दुई सय ७९ मत प्राप्त गरेका थापाले निकटतम् प्रतिस्पर्धी एमालेकी मिना गुरुङलाई एक हजार तीन सय १० मत अन्तरले पराजित गरेका हुन् ।
गुरुङले सात हजार नौ सय ६९ मत प्राप्त गरीन । राप्रपाका अरुण गिरीले तीन हजार नौ सय दुई २ मत प्राप्त गरे ।